जन सरोकार

बलात्कारका आरोपी 'एसएसपी' राणालाई पाँच दिन हिरासतमा राख्न अनुमति

धरानमा कार्यरत रहेका बखत एक महिलालाई बलात्कार आरोपमा आत्मसमर्पण गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, सुनसरीले सोमबार राणालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलका अनुसार राणालाई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन समय दिइएको हो ।

पीडित भनिएकी महिलाले इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै शुक्रबार प्रहरीमा किटानी जोहरी दिएपछि ती महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत अनुसन्धान जारी छ । तर, राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् ।

एसएसपी शौरभ राणाद्वारा आत्मसमर्पण सुनसरी प्रहरीको नियन्त्रणमा

सम्बन्धित खबर

Back to top button