जन सरोकार

बसको ठक्करबाट बालिकाको मृत्यु

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बिहीबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

सवारी दुर्घटना

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको ना२ख ७३४२ नंको बसले सडक छेउमा हिँडिरहेकी बालिकालाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट नमोबुद्ध नगरपालिका–२ की आठ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयोे । घटनापश्चात आक्रोशित भीडले बसमा आगजनी गरेका छन् । घटनाका कारण भकुण्डेबेँसी तनावग्रस्त बनेको थियो । घटनापश्चात बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.