अर्थकृषि

भारतीय तरकारीले बजार छोप्दा नेपाली किसानले फाले सडकमा तरकारी

सरकार कृषि उत्पादन बढाएर व्यापारघाटा न्यून गर्ने भन्दै कृषिलाई उच्च प्राथमिकता दिएको भन्छ, तर किसानले उत्पादन गरेका तरकारीले बजार पाउन सकेको छैन ।

बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती हुने तर नेपाली उत्पादनले मूल्य नपाउने अवस्था आएपछि शुक्रबार चितवनका किसानले भारतीय तरकारीले नेपाली तरकारी बजार विस्थापित गरेको भन्दै विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेका छन् ।

समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरुले लगाएका छन् ।

पश्चिम चितवनका किसान कृष्णराज पराजुलीले उत्पादित तरकारी बिक्री गर्न नसकेपछि बाध्य भएर सडकमा फाल्नुपरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती छ । नेपाली तरकारीले बजार पाएको छैन । खेतमा तरकारी कुहिएर जान्छ तर सडकमा आएपछि त सबैको आँखा पर्छ नि ।”

अहिले किसानको बोछबाट बन्दा पाँच रुपियाँ, फूल काउली १० रुपियाँ, गाजर पाँच रुपियाँमा पनि बिक्री गर्न गाह्रो भएको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.