जन सरोकार

गृह मन्त्रालयको निर्देशन- तोडफोड र जवर्जस्ती गर्नेको अनुहार नहेर्नु, पक्राउ गर्नु

आम हड्तालका क्रममाा र्ससाधारणको आवागमनमा अबरोध पुर्याउने र सवारी साधनहरुकोा तोडफोड गर्ने जोसुकैलाइ पक्राउ गरिने प्रहरीले जनाएको छ । नेकपा प्रचण्ड-माधव पक्षले घोषणा गरेको आम हड्तालको दिन विहानैदेखि हड्तालका क्रममा ठाउँठाउँमा झडप र केही सवारीसाधनमा आगजनी तथा तोडफोड भएका बेला सो कार्या लाग्नेको अनुहार नहेरी जोसुकैलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै हिंसात्मक कार्य गर्ने जोसुकैलाई पक्राउ गरिने जनाएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले यस विषयमा हड्ताल आव्हानकर्तालाई पहिल्यै जानकारी पनि गराइसकेको र तोडफोड हुने स्थिति आए नियन्त्रणमा लिइने बताउनुभयो ।

एसएसपी सिंहका अनुसार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षासमेत दिनेछ । कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको जानकारी दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बिहिबार बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली निगरानीका लागि खटाइएको र आन्दोलन हिंसात्मक हुन खोजे परिचालनका लागि तत्काल नयाँ रणनीति अख्तियार गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.