राजनीति

कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित

नेपाली राजनीतिमा राष्ट्रवादी नेताको छवि बनाउनुभएका पूर्व प्रधानमन्त्री स्व. कीर्तिनिधि विष्टको नाममा अध्ययन केन्द्र स्थापना भएको छ । नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापना गरिएको हो ।

प्रा डा सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित केन्द्रका उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज प्रसाईँ रहनुभएको छ । त्यस्तै सदस्यमा प्रा डा मोहन लोहनी, दिलीप कार्की, दलबहादुर गुरुङ, नानु पन्त र रजनी उपाध्याय रहनुभएको छ ।

केन्द्रले पूर्वप्रधानमन्त्री विष्टका छोरा डा विनोद विष्टलाई संरक्षकमा मनोनयन गरेको छ । केन्द्रले जनोपयोगी कार्य गर्नाका अतिरिक्त आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यावहारिक विषयमा तालीम र प्रशिक्षण दिने उद्देश्य राखेको छ ।

नेपाल सरकारका आवधिक योजना र कार्यक्रम आदिको मूल्याङ्कनसमेत गर्नाका साथै नेपालको जलस्रोत व्यवस्थापन र सुरक्षाको अवधारणामा केन्द्रित भई विविध कार्य गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको केन्द्रका सदस्य सचिव प्रसाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.