राजनीति

नेकपा एसका अध्यक्ष नेपाल र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भेट गर्नुभएको छ ।

नेकपा एसका अध्यक्ष नेपाल र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेर श्रेष्ठले अध्यक्ष नेपालसँग भेट गर्नुभएको हो । एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) का दुई पार्टीबीच एकताका लागि अहिलेसम्म भइरहेका गृहकार्यका साथै पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा दुई नेताबीच छलफल भएको थियो ।

दुवै दलले एकापसमा एकताका लागि प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरी छलफल गरिरहेकामा सैद्धान्तिक पक्षमा देखिएका अन्योलतालाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको पार्टी कार्यालय सचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।

पार्टीका उपमहासचिव डा विजय पौडेल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई शुक्रबारै पेरिसडाँडामा भेटवार्ता गरेपछि अध्यक्ष नेपाल र नेता श्रेष्ठको भेटवार्ताको वातावरण मिलाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.