जन सरोकार
काठमाडौँ र मोरङबाट विभिन्न धनमाल चोरी
काठमाडौँ र मोरङबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२६ सामाखुसी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-८ घर भएकी पुजा ढकालको कोठाबाट नगद, सुन र चाँदीका विभिन्न गरगहना गरी करिब ५ लाख १३ हजार ६ सय रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

त्यस्तै मोरङ, उर्लाबारी नगरपालिका-५ स्थित सोही नगरपालिका-७ बस्ने योगराज कार्कीको मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल ४ सय ५७ थान र नगद ९ लाख रूपैयाँ समेत गरी करिब १ करोड ५१ लाख २२ हजार ८ सय रूपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्