कर्पोरेट/पर्यटन

टर्कीस एयरको विमान काठमाडौंबाट उड्नासाथ एउटा इञ्जिनमा आगलागी

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको राजधानी इस्तानबुलतर्फ उडेको टर्कीस एयरलाइन्सको वाइडबडी विमानको एउटा इन्जिनमा आगो लागेपछि सो विमान भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।

टर्किस एयरलाइन्स

२ सय २५ यात्रु बोकेको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

महाप्रबन्धक सिटौलाले भन्नुभयो, ‘जहाजका क्याप्टेनले उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गरे । त्यसपछि चालकदलले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गर्‍यो ।’

सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकाता डाइभर्ट भएको थियो ।

‘अहिले टर्किसको त्यो जहाज कोलकतामा सुरक्षित अवतरण भइसकेको छ । १५ मिनेट रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि सामान्य अवस्थामा सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.