खेल

त्रिकोणात्मक सिरिज : नेपाल ओमानबिरुद्ध बलिङ गर्दै

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूको पहिलो खेलमा नेपालले ओमानबिरुद्ध बलिङ गरिरहेको छ । ओडीआई मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल हो ।

नेपालले अविनाश बोहरा र सुसन भारीलाई एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न दिएको छ । कमलसिंह ऐरी, ललितनारायण राजवंशी र कुशल मल्ललाई प्लेइङ ११ मा राखेको छैन ।

नेपालबाट ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐर (उपकप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशन भारी खेलिरहेका छन् ।

लिग २ मा नेपालको पहिलो खेल हो भने ओमानले ८ खेल खेलिसकेको छ । ओमान ४ जितका साथ ७ राष्ट्र सहभागित प्रतियोगिताको चौथो स्थानमा छ ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।

ताजा स्थितिमा १७ ओभरको समाप्तिमा । ओमान ३ विकेट गुमाएर ५२ रन बनाएको छ । नेपालका लागि करण केसीले २ विकेट लिएका छन् भने ओमानका एक ब्याटस्म्यान रनआउट भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.