खेल

ओमानबिरुद्ध नेपालको कसिलो बलिङ १८ ओभरमा ५ विकेट खस्यो

एकदिवसीय मान्यताा पाएपछि घरेलु मैदानमा पहिलो प्रतियोगिता खेलिरहेका नेपालले ओमानबिरुद्ध कसिलो बलिङ गरेका छ । यो समाचार तयार पार्दा ओमान २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर ५८ रन बनाएको छ ।

नेपालका लागि करण केसीले २ तथा सुषन भारीले २ विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भएका छन् । नेपालको यो पहिलो ओडीआई खेल हो ।

सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप लिग २ मा नेपाल, ओमान र अमेरिकासहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ओमान र अमेरिकाले यसअघि २/२ सिरिज खेलिसकेका छन् ।

यो प्रतियोगिता ओमानसंग विगतको बदला लिने अवसर पनि हुनेछ । नेपालले २०१३ यता ओमानलाई पराजित गर्न सकेको छैन । त्यसैले पनि सात वर्षपछि घरेलु मैदानमा ओमानविरुद्ध जित हात पार्दै नेपाल पछिल्ला हारको बदला लिने योजनामा छ ।

नेपाल र ओमान यसअघि ५० ओभरको खेलमा सात पटक प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले ३ खेल जित्दा ४ खेल ओमानले जितेको थियो । सन् २०१३ को डिभिजन ३ मा पछिल्लो पटक नेपालले हराएको थियो । बर्मुडामा भएको त्यो खेल नेपालले २८ रनले जितेको थियो । त्यसयता नेपाल लगातार खेलमा ओमानसँग पराजित भएको छ । यस पटक घरेलु दर्शकको अगाडि त्यो हारको बदला लिने अवसर नेपाललाई छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.