राजनीति

सैनिक मुख्यालयमा एकीकरणमार्ग बृहत् सेमिनार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र नेपालको एकीकरणका अभियन्ताले मुलुक निर्माणका क्रममा प्रयोग गरेको बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गरी समृद्धिसँग जोड्न सैनिक मुख्यालयमा एकीकरणमार्ग बृहत् सेमिनार शुरु भएको छ ।

नेपालको इतिहासँग जोडिएका एकीकृत पदमार्ग, सम्पदा, गढी, किल्ला संरक्षणमा साझा बुझाइका साथ एकीकृत कार्ययोजना बनाउन सहयोग पुगोस् भन्ने हेतुले सैनिक मुख्यालयमा एकीकरणमार्ग बृहत् सेमिनार शुरु भएको हो ।

‘एकीकरण मार्गको चाहना स् राष्ट्रिय एकताको भावना’ भन्ने मूल आदर्शभाव रहेको उक्त गोष्ठीको प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा शुभारम्भ गर्नुभयो । नेपालको संविधानमा सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारी तथा सरकारको नीति तथा कार्यक्रममा समाविष्ट ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याउने उद्देश्य उक्त कार्यक्रम गरिएको सेनाले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट उक्त दिने कार्यक्रमको समापन समारोहमा सम्बोधन हुनेछ । प्रदेश तथा स्थानीय सरकारका पदाधिकारी, सरकारका सचिव, महानिर्देशक तथा निर्देशक, इतिहासविद्, संस्कृतिविद्, उच्च सैनिक अधिकृत र सञ्चारकर्मीको कार्यक्रममा सहभागिता छ ।

उक्त कार्यक्रम अघिल्लो वर्षदेखि सरकारको नीति तथा कार्यक्रममा पर्दै आएको छ । इतिहास र संस्कृति संरक्षणको उक्त कार्यमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, सरोकारवाला मन्त्रालय, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्बाट आवश्यक सहयोग मिल्ने सेनाले विश्वास लिएको छ ।

सम्बन्धित खबर

Back to top button