हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार विष्ट र अर्याललाई
प्रेस चौतारी नेपाल स्थापना गरेको विभिन्न पुरस्कार घोषणा गरेको छ । प्रेस चौतारीले स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गरेका विभिन्न पुरस्कार घोषणा गरिएको हो ।

प्रेस चौतारीका पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले सिफारिस गरेको आधारमा नाम घोषणा गरिएको हो ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले २०७७ र २०७८ सालको चौतारीले स्थापना गरेको पत्रकारिता पुरस्कार घोषणाा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार प्रेस चौतारी नेपालका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिएको छ ।
अर्याललाई २०७७ र विष्टलाई २०७८ सालको पुरस्कार दिन थालिएको हो । अग्निशिखा पत्रकारिता पुरष्कार २०७७ सालको कृष्णविनोद लम्साल र २०७८ सालको झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरष्कार २०७७ सालको राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई र सोही पुरस्कार २०७८ सालको हिरा परियार घोषणा गरिएको छ ।
वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार २०७७ सालको गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतम र २०७८ सालको अनुप तिवारी, पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार २०७७ सालको अब्दुल्ला मियाँ र २०७८ सालको शिवराज भट्ट तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरष्कार शान्ति गुरूङलाई प्रदान गरिने भएको हो । पुरस्कार आगामी फागुनमा पोखरामा हुने प्रेस चौतारीको महाधिवेशनमा प्रदान गरिने प्रेस चौतारीका वस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्