कोशीप्रदेश

सहमति नभए बहुमतबाटै प्रदेशको नामकरण : मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ । झापाको विर्तामोडमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताउनुभयो ।

“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उहाँले भन्नुभयो, “सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ ।

यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले भन्नुभयो, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।”

उहाँले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उहाँले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताउनुभयो ।

पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के-कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अग्रज पत्रकार सम्मानित
प्रेस चौतारी झापाले शनिबार प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो । सम्मानित अग्रज पत्रकारमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहनुभएको छ ।

पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुनुहुन्छ । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याएका अग्रज हुनुहुन्छ । पकुवाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.