खेलफूटबल

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।

म्यानचेस्टर युनाईटेड

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दा म्यानचेस्टर युनाईटेडको अग्रता दोब्बर बनाए । तर खेलको ७६ औं मिनेटमा क्रिस्टल प्यालेसका जेफ्री स्लुपले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल म्यानचेस्टर युनाईटेड २-१ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्यो । त्यसअघि खेलको ७० औं मिनेटमा म्यानचेस्टर युनाईटेड कासिमिरोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै म्यानचेस्टर युनाईटेड २१ खेलमा ४२ अंक जोड्दै तेस्रो स्थानमा छ भने २४ अंक जोडेको क्रिस्टल प्यालेस १२ औं स्थानमा रहेको छ । त्यस्तै प्रिमियर लिग अन्तर्गत नै शनिबार राति भएको अन्य खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-० ले र लेस्टर सिटीले एस्टन भिल्लालाई ४-२ ले र ब्राइटनले बर्नेमाउथलाई १-० ले पराजित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.