राजनीति

पहिलो भएका लामिछाने अयोग्य भएपछि दोस्रो भएका श्रेष्ठद्वारा निर्वाचित घोषणा गर्न माग

खेलकूदमा पहिलो स्थान हाँसिल गरी स्वर्णपदक जितेका खेलाडी कुनै कारणले अयोग्य ठहरिए उनको पदक खोस्दै दोस्रो हुनेलाई स्वर्णपदक दिइन्छ । तर, निर्वाचनमा त्यस्तो चलन अहिलेसम्म चलेको छैन ।

खेलमा पहिलो हुने अयोग्य भए दोस्रो भएकालाई स्वर्णपदक दिइन्छ । यही मान्यताका साथ चितवन क्षेत्र नम्बर २ मा दोस्रो स्थानमा रहनुभएका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुग्नुभएको छ ।

चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहनुभएको थियो । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।

रविको नागरिकतालाई लिएर उजुरी परे पनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छ ।

जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आफू आयोग गएको बताउँदै श्रेष्ठले लामिछानको निवेदन प्रक्रिया नै रद्द भएपछि आफ्नो मेरो दाबी भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.