राष्ट्रिय सभाबाट पत्रकारले परीक्षा दिने प्रावधान हटाएर मिडिया काउन्सिल विधेयक पारित
पत्रकार बन्नका लागि परीक्षा दिनुपर्ने प्रावधानसहित आएको मिडिया काउन्सिल विधेयक अन्ततः सो व्यवस्था हटाएर पारित भएको छ । बिहिबारको राष्ट्रिय सभा बैठकले पत्रकार बन्न परीक्षा दिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक पारित गरेको हो ।
विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक सर्वसम्मत पारित गरेको हो । त्यसअघि सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताउनुभयो ।
यसअघि कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे ।
मन्त्री बास्कोटाले भने पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिक्नुको कारण दिँदै भन्नुभयो ‘सेकेण्ड सेकेण्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्रलाई आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त ? भन्ने कुरा हो । यद्यपी, पेशागत शुद्धता र मर्यादाका लागि पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो नरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्