राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्बिरोध, घोषणा हुन बाँकी

प्रतिपक्षी दलहरुले उम्मेदवारी नदिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । यसको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

आइतबार मनोनयन दर्ताको दिन नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवार अर्याललाई निर्विरोध हुन सघाएको थियो ।

अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा आज बस्ने बैठकबाट गरिने छ । राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश हुने, सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

समाजशास्त्र विषयमा स्नातकोत्तर ६६ वर्षीया अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गर्नुभएको थियो ।

नेकपा मसाल पृष्ठभूमिकी अर्याल २०४७ सालसम्म महिला विकास अधिकृत हुनुहुन्थ्यो । सो पदबाट राजीनामा दिएर २०४८ सालमा उहाँ नेकपा एमालेको राजनीतिमा होमिनुभएकी उहाँ झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.