स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेभियामाथि शानदार जित निकालेको । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियामाथि ३-० को फराकिलो जित दर्ता गरेको हो ।

बार्सिलोनालाई सहज जित दिलाउन जोर्डी अल्बा, गाभी र राफिन्हाले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट खेल पस्कदै तीन गोल गरेको थियो । खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७० औं मिनेटमा गाभीको गोल मार्फत बार्सिलोना २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को शानदार जित दिलाए । जितसँगै बार्सिलोना २० खेलमा ५३ अंक जोड्दै शीर्ष स्थानमा छ भने २१ अंक जोडेको सेभिया १६ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्