कला/मनोरन्जनकलिउड

हिन्दी गीतमा आरआर खड्काको बादसाह लुक्समा साथ दिंदै आँचल

नेपाली म्यूजिक भिडियोहरुमा उदाउँदै गरेका आरआर खड्का हिन्दी गीतमा पनि छाउने तयारीमा रहेका छन् । खड्काको हिन्दी गीत “तेरी मेरी दस्ताँ”को म्यूजिक भिडियो तयार भएर सार्वजनिकको क्रममा रहेको छ ।

थुप्रै हिन्दी गीतहरुलाई उत्कृष्ट भिडियो बनाएका नितिन चन्दले निर्देशन गरेको १६ औं शताब्दीको सेरोफेरोमा आधारित गीतमा नेपाली कलाकार आरआर खड्का र आँचल शर्मालाई हिन्दी कलाकारहरुले पनि साथ दिएका छन् ।

म्यूजिक भिडियो एउटा सिंगो चलचित्रको प्रतिनिधित्व गरेको छ । भारतीय मिडियाहरुका अनुसार चलचित्रहरूमा देखिने ऐतिहासिक पृष्ठभूमिमा आधारित कथाहरू यस गीतको भिडियोमा देख्न सकिनेछ । समीक्षकहरुले हिन्दी गीति इतिहासमा सम्भवतः पहिलो पटक एउटा सिंगो चलचित्रको अनुभूति दिने दावी गरेका छन् ।

निर्देशक नितिन चन्दले निकै कुशलताका साथ निर्देशन गरेका गीतको नाम तेरी मेरी दास्तानको भिडियो यही फेब्रुअरी ८, २०२३ मा Original Music Gang (OMG) को आधिकारिक युट्युब च्यानलमा रिलिज हुनेछ ।

सलमान खानको फिल्म प्रेम रतन धन पायो, अक्षय कुमारको फिल्म खिलाडी ७८६ को हुक्का बार जस्ता धेरै सुपरहिट फिल्ममा आफ्नो उत्कृष्ट स्वर दिएका गायक विनीत सिंहले यस उत्कृष्ट गीतमा आफ्नो स्वर दिएका छन् भने अभिनव मेहरको संगीत रहेकोा गीतको म्यूजिक भिडियोको निर्माता सतिश शाह र आशुतोष उपाध्याय रहेका छन् ।

निकै भव्य शैलीमा खिचिएको यस भिडियोमा नेपाली कलाकारहरु खड्का र आँचल शर्माकाृ साथमा पारस शाह र सोनु मिश्रा पनि एकसाथ अभिनय गर्दैछन् ।

गीतको कोरियोग्राफर सियोन श्रेष्ठ, डीओपी जोगेश गोराई र नवराज हुन् भने गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबारमा भएको थियो भने केही अंश नेपालमा पनि गरिएको छ ।

भिडियो निर्देशक नितिन चन्दले यो भिडियो १६ औं शताब्दीको युगमा निर्माण भएको बताउँदै गीतको भिडियोले साँचो प्रेम सधैं जीवित हुन्छ भन्ने सन्देश दिएको बताएका छन् ।

चन्दका अनुसार यो गीतको थिम एकदमै फरक र पहिलो पटक भिडियो गीतमा यस्तो कथा प्रस्तुत गरिएको छ । यो भिडियोमा दर्शकले प्राचीन सभ्यता, संस्कृति, राजा र रानीको जीवनशैली, तरवार लडाई, एक्सन, रोमान्स सबै कुरा देख्न पाउनेछन् ।

भारतीय म्युजिक भिडियो उद्योगमा दर्शकले यस्तो भिजुअल, सेट, कोरियोग्राफी र अभिनय पहिलो पटक हेर्न पाउने भिडियोका निर्माता तथा निर्देशकको चन्दको दावी छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.