राजनीति

सरकार नागरिकता विधेयक अगाडि बढाउने तयारीमा

अघिल्लो सरकारका पालामा संघीय संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रपतिले रोकिदिएपछि सरकारले नागरिकता विधेयक पुनः अगाडि बढाउने तयारी गरेको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको जानकारी दिनुभएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले नागरिकता लगायतका एक दर्जन विधेयकहरु चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको र सम्बन्धित मन्त्रीहरुलाई समेत निर्देशन दिइसकिएको प्रधानमन्त्री प्रचण्डले पनि बताउनुभयो ।

प्रधानमन्त्रीमा विश्वासको मत माग्दै गदौ प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले ६ महिनाभित्र नागरिकता कानुन बनाउने बाचा गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार नागरिकता लगायत, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य सम्बन्धी विषयमा समेत विधेयकहरु तयार भएका छन् । तयार भएका विधेयकहरुलाई सदनमा लैजाने तयारी सम्बन्धित मन्त्रालयलाई गर्न निर्देश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.