जन सरोकार

सौन्दर्य प्रतियोगिता आयोजक पाण्डे बलात्कार आरोपमा दोषी ठहर, सात वर्ष जेल सजाय

जिल्ला अदालत काठमाडौंले आठ वर्ष अघि सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई पटकपटक बलात्कार गरेको र अरुलाई पनि गर्न लगाएको आरोपमा मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जानकारी दिनुभएको छ ।

सरकारी वकिलले भने पाण्डेलाई १० देखि १२ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

न्यायाधीश ढकालको इजलासले मानव वेचविखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ दफा १ को (छ) ७ वर्ष कैद र पिडितलाई ७५ हजार क्षतिपूर्ति दिलाएको हो ।

प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिलले पाण्डे विरूद्ध मानवबेचविखन गरेको र बाल यौन दुराचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।

पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार मुद्दा लगाएको थियो।

प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो। जिल्ला परिसर काठमाडौंले अनुसन्धान सकेर गएको जेठ २७ गते आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको हो ।

बलात्कारको आरोपमा थुनामा रहेका मनोज पाण्डे दोषी ठहर

सौन्दर्य प्रतियोगिता आयोजक पाण्डे पक्राउ

पाण्डेबिरुद्ध दुईवटा अभियोगमा मुद्दा दायर

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.