राजनीति

पीडित परिवारलाई न्याय दिलाउने र कानुनी प्रक्रियामा सघाउने रास्वपाको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट क्षेत्र नम्बर २ उम्मेदवार शेख सगिरको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएपछि यस घटनामा कानुनी प्रक्रियामा सघाउने प्रतिबद्धता जनाएको छ ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा पीडित परिवारलाई राहत र सहयोगका लागि पार्टीबाट आवश्यक पहल भइरहेको पनि उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “यस घटनाको गम्भीरतासँगै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । पार्टीले यस घटनालाई अत्यन्त गम्भीरतासाथ लिएको छ । घटनाको वस्तुनिष्ठ छानबिनका लागि सम्बन्धित प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं ।”

सो घटनापछि पार्टीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधन परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन सबै सदस्य, उम्मेदवार र चालकलाई रास्वपाले निर्देशन निर्देशनसमेत जारी गरेको छ ।

बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका ४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको थियो ।

रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला कारले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि गम्भीर घाइते बालिकालाई उपचारका लागि कारचालकले सिटी अस्पताल गौरमा ल्याएका थिए ।

घाइते बालिकालाई अस्पताल छाडेर फरार चालकलाई बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.