भारतीयको रेकर्ड तोड्दै कालिकोटका विजय बने नयाँ विश्व रेकर्डधारी
एक मिनेटमा अगाडि र पछाडिबाट सबैभन्दा धेरै शब्द बोलेर भारतीय नागरिक अर्पण शर्माले राखेको विश्व कीर्तिमान कालीकोटका विजय शाहीले तेड्नुभएको छ । उहाँले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गर्नुभएको छ ।
शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल हुनुभएको हो । यसअघि अर्पण शर्माले एक मिनेटमा ४२ वटा शब्द बोलेर विश्व रेकर्ड राख्नुभएको थियो भने अर्पणलाई पनि पछि पार्दै भारतका सागर भुजीले नयाँ रेकर्ड राखे पनि विजय शाहीले उछिनेर विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको छ ।
काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरेपछि अहिले सामाजिक सञ्जालमा देखिनुभएको छ । कालीकोट दुर्गम भएकाले पनि विजय शाहीलाई कसैले छिनेका छैनन् । शाहीले अर्पण शर्मा र भारतका सागर भुजीलाई धेरैपछि पारेर ५५ सेकेण्डमा ७० वटा शब्द सम्झेर विश्व रेकर्ड कायम गरेको एक अडियोमा भन्नुभएको छ । निर्णायक मण्डलले पनि शाहीलाई विश्व कीर्तिमान घोषणा गरेर प्रमाणपत्र समेत दिएको छ ।
कालीकोटका विजय शाहीले विश्व रेकर्ड कायम गरेपछि कालीकोटमा उत्साह छाएको छ । दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्यालयवाट प्रमाणपत्र तह पास गर्नुभएको थियो । उहाँले पहिलो पटक चीनमा भएको प्रतिस्पर्धामा प्वाइन्ट ५ ले पछि परेपछि भारतका सागर भुजीले विश्व रेकर्ड कायम गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्