राजनीति

सरकारको ध्यान अन्तै गयो : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताउनुभएको छ । उहाँले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताउनुभयो ।

बागलुङको गलकोटमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सभामा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले सरकारले सङ्कट टार्ने काममा ध्यान नदिएको बताउनुभयो । उहाँले बारम्बर चुनावमा जाँदा नेपाललाई आर्थिक भार बढी पर्ने दाबी गर्नुभयो ।

सरकारले युवालाई रोजगारी दिनुपर्नेमा उल्टो विदेश जान प्रेरित गरेको नेता केसीको आरोप रहेको छ । भारतले नेपाललाई हिन्दुराज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कुटिल चाला रचेको केसीको आरोप छ ।

सम्बन्धित खबर

Back to top button