राजनीति

प्रतिबद्धता अनुसार एमसीसी अनुमोदन गर्न अमेरिकी पत्र

पाँचदलीय गठबन्धनको सरकार बनेपछि गठबन्धनका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलम दाहाल प्रचण्डले एमसीसीलाई पत्र पठाएर पाँच महिनाभित्र पारित गर्ने प्रतिबद्धता जनाए ।

सो प्रतिबद्धतापत्र गुपचाप राख्न खोजियो । तर गत बुधबार अमेरिकाले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई पत्र लेखेर सोही फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न समयसीमा दिएको छ ।

एमसीसीले पठाएको पत्र भने सरकारले गुपचुप राख्न खोजेको थियो । सत्ता गठबन्धनका दलहरूबीच पनि पत्र सार्वजनिक गरिएको छैन । तर संचारमाध्यमा भने पत्र नै सार्वजनिक भएको छ र सोा पत्रमा फेब्रुअरीभित्र एमसीसी संसदबाट अनुमोदन भइसक्नुपर्ने अमेरिकाले प्रष्ट भनेको छ ।

१३ असोज (२९ सेप्टेम्बर) मा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्र पठाउँदै एमसीसी संसदबाट अनुमोदनका लागि पाँच महिनाको समय मागिएको थियो ।

दुवै नेताले पत्रमा एमसीसीका बारेमा जनस्तरमा सकारात्मक वातावरण सिर्जना गर्ने र पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग सकारात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

सोही प्रतिबद्धता स्मरण गराउँदै एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमूद बाहले ३ फेब्रुअरीमा नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पार्नुभएको छ ।

देउवा र प्रचण्डलाई लेखिएको पत्रको जवाफमा भनिएको छ ‘तपाईंहरूले तोकेको समय अनुसार २८ फेब्रुअरी २०२२ भन्दा ढिलो नहुने गरी एमसीसी संसदबाट अनुमोदन गर्न सांसद र सत्ता गठबन्धनका नेताहरूसँग काम थाल्न आग्रह गर्दछौं’ ।

पत्रमा निर्धारित मितिमा एमसीसी संसदबाट अनुमोदन नभए फिर्ता लैजाने प्रष्ट उल्लेख छैन तर मार्च २२ मा बस्ने एमसीसी बोर्डले नेपालसँग भएको सम्झौताबारे छलफल गर्ने उल्लेख छ । ‘त्यसपछि अर्काे चरणका बारेमा हामी बोर्डमा छलफल गर्छाैं’ पत्रमा भनिएको छ, ‘यसलाई निरन्तरता दिने कि नदिने भन्नेमा छलफल हुन्छ ।

नेपालले पाउने ५०० मिलियन डलरको परियोजनालाई टुंग्याउने अधिकार एमसीसी बोर्डसँग छ । त्यसो भयो भने नेपालसँगको एमसीसी सम्झौता सकिनेछ ।’

देउवा–प्रचण्डले के लेखेका थिए एमसीसीलाई ? (पत्रसहित)

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.