जन सरोकारस्वास्थ्य

संक्रमण घटिरहँदा मृत्यु किन बढ्दैछ ?

नेपालमा एक सातायता कोरोना भाइरस संक्रमणका दर निकै कम भए पनि संक्रमितहरुको मृत्युसंख्या भने घट्न सकेको छैन । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

त्यसै गरी आज देशभरमा १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार ८ हजार ५ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १ सय ८४ र चार हजार १ सय ५ जनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ७३ गरी एक हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पाँच हजार १ सय ३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १ सय ८१ संक्रिय संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्‍म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button