राजनीति

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख आयुक्तको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षहरूसँग सुझाव दिन आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलिया

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा परिचालित पर्यवेक्षण संस्थाका प्रतिनिधिसँगको समीक्षा कार्यक्रम समापन समारोहमा प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन र व्यवस्थापनका अनुभवका आधारमा आयोगले कानुन संशोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

उहाँले विज्ञ र अनुभवीको सुझावका आधारमा संविधान र कानुनमा संशोधन भएमा त्यसलाई कार्यान्वयन गर्न आयोग तत्पर रहेको स्पष्ट गर्नुभयो । निर्वाचन प्रणालीमा हुनुपर्ने नीतिगत सुझावका लागि अध्ययन भइरहेको जनाउँदै उहाँले जनताको चाहना, माग र आवश्यकताका आधारमा प्रणालीगत सुधार गर्नुपर्ने भएकाले त्यसका लागि सोचिदिन आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा उम्मेदवारलाई तोकिएको कागजपत्र र स्वघोषणा गर्न लगाउनेसम्म आयोगको कार्यक्षेत्रमा भए पनि कुन उम्मेदवारको नागरिकता कायम रहेको हो वा होइन भनेर तत्काल प्रमाणीकरण गर्न नसकिएको उल्लेख गर्नुभयो ।

मानवअधिकारकर्मी प्रा कपिल श्रेष्ठले आयोगलाई निर्वाचनको मिति तोक्ने सवालमा कानूनी स्वायत्तता दिइनुपर्ने बताउनुभयो ।कार्यक्रममा निर्वाचनमा संलग्न ३७ संस्थाका प्रतिनिधिहरूले समूहगत छलफलका आधारमा निर्वाचनका असल अभ्यास र चुनौतीबारे आयोगलाई सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.