कला/मनोरन्जनकलिउड

चलचित्र विकास बोर्डले गर्यो ‘घुम्ती सिनेमा कार्यक्रम’

पूर्वी नेपालका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा चलचित्र विकास बोर्डको आयोजनामा यही माघ १२ देखि १८ गतेसम्म चलचित्र भवन नभएका स्थानमा अस्थायीरूपमा प्रदर्शन गर्दै ‘घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम’ सम्पन्न भएको छ ।

विद्यालयमा शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो भने अन्य स्थानमा स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायी, राष्ट्रसेवक कर्मचारी दर्शक बनेका थिए । चलचित्रका बारेमा जागरण ल्याउन र चलचित्र हेर्न प्रोत्साहन गर्नेलगायतका विषयमा छलफलसमेत गरिएको कार्यक्रममा बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सातै प्रदेशमा रहेका चलचित्र घर नभएका स्थानीय निकाय, वडा, गाउँपालिका, नगरपालिका, टोल बस्तीमा राष्ट्रिय निर्माणको विषय भएका चलचित्र प्रदर्शन गरिएको हो । नेपाली राष्ट्रिय भाषा र स्थानीय भाषामा निर्माण भएका चलचित्रको प्रदर्शन गरी दर्शक बढाउने हाम्रो कोसिस हो ।”

यस कार्यक्रमअन्तर्गत इलाम जिल्लाको सन्दकपुर गाउँपालिका, देउराली बजारमा रहेको सामुदायिक भवन, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, घुर्बेसी पञ्चमी बजारस्थित घुर्बेसी पञ्चमी माध्यमिक विद्यालय र शान्ति बाल विकास बोर्डिङ स्कूल र घुर्बेसी पञ्चमी बजारमा रहेको टहरा तथा ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका, फुङ्लिङ बजारस्थित जिल्ला समन्वय समितिमा रहेको सिटी हलमा नेपाली चलचित्र ‘अग्निदहन’, ‘कृ’ र ‘क्याप्टेन’ प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.