जापान

बहुविवाह गरेका ७४ वर्षीय वृद्धले ‘एलियन’को धम्की दिएर युवतीसंग सम्बन्ध राख्न खोजेपछि…

जापानको राजधानी टोकियोमा एक ७४ वर्षीय वृद्धले एक युवतीलाई आफूसंग सम्बन्ध नराखे ‘एलियन’ले अपहरण गर्ने धम्की दिएर यौन शोषण गरेको आरोपमा मंगलबार पक्राउ गरिएको छ ।

बहुविवाह गरेका ७४ वर्षीय वृद्धले आफ्नी एक पूर्वपत्नीको सहायतामा युवतीलाई ‘एलियन’को मनगढन्ते कथा सुनाउँदै मोहजालमा फसाएर यौन सम्पर्क गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार हिरोहितो शिबुया नाम गरेको ती वृद्ध र उनकी ४३ वर्षीया पूर्वपत्नी चियाकीलाई जबरजस्ती यौन सम्बन्धका लागि ‘रचनात्मक प्रयास’ गरेको आशंकामा पक्राउ गरिएको हो ।

यो घटना गत वर्ष डिसेम्बर १२ मा पश्चिमी टोकियोको हिगासियामातो सहरमा रहेको शिबुयाको घरमा भएको हो । जहाँ दुईजनाले युवतीलाई भ्रमपूर्ण मोहजालमा पारेर यौन सम्बन्धको प्रयास गरेका थिए ।

शिबुयाले यस घटनाको आरोप अस्वीकार गरे पनि चियाकी भने मौन छिन् । सो घरमा उनी आफ्नी वर्तमान श्रीमती र चियाकी सहित आठ पूर्व श्रीमती र तीन बच्चाहरुसँगै बस्छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार चियाकीले किशोरीलाई आफ्नो घरमा बोलाएर किशोरीलाई धेरै घण्टा ‘एलियन’को छवि देखाउँदै शिबुयाले युवतीलाई आफूसंग सम्बन्ध नराखे एलियन्सले अपहरण गर्ने भन्दै डर देखाएका थिए ।

त्यसपछि किशोरीले उनलाई विश्वास गर्दै फेरि भेट्ने वाचा गरिन् । तर, उनको परिवार र साथीहरूले उक्त घटनाको विषयमा प्रहरीमा जान सुझाव दिएपछि शिबुयाको पर्दाफास भएको हो ।

शिबुयाको यो घटना पहिलो भने होइन । उनलाई २००६ मा एक महिलालाई आफ्नो परिवारमा सामेल हुन बाध्य पार्ने प्रयास गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.