राजनीति

कुलमानको आश गरेका जनता निराश- हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा नियुक्त

नेपाललाई अध्यारोबाट उज्यालोमा परिवर्तन गर्ने नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिका लागि सडकमै प्रदर्शन भए पनि सरकारले अन्ततः कुलमानलाई पुनः प्राधिकरणमा ल्याएन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको समाचारा प्राप्त भएको छ । तर शाक्यको नियुक्तिको आधिकारिक घोषणा भने भैसकेको छैन । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उहाँलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिनुभएको थियो ।

तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.