खड्का र आँचलको बलिउड यात्रा, एक युगको कथा बोल्ने ‘तेरी मेरी दास्ताँ’ (भिडियोसहित)
नेपाली कलाकारहरुका लागि बलिउड यात्रा एउटा ठूलो सपना हो । चाहे ठूलो पर्दा होस्, टेलिभिजन वा सांगीतिक क्षेत्र । विशाल सम्भावना भएको बलिउडमा भाग्य चम्काउने चाहना सबैको हुन्छ ।
आजभोलि बलिउड यात्रालाई गीत संगीतले सहज बनाएको छ । प्रेमगीत ३ को हिन्दी भाषामाा स्वराङ्कन गरी प्रदर्शनपछि नेपाली कलाकारहरुप्रति बम्बईया समीक्षक र दर्शकहरुले राम्रो प्रतिक्रिया दिएसंगै यही फेब्रुअरी ८ मा नेपाली कलाकारहरुको अभिननय रहेको हिन्दी गीत सार्वजनिक भएको छ- ‘तेरी मेरी दास्ताँ” ।
थुप्रै हिन्दी गीतहरुलाई उत्कृष्ट भिडियो बनाएका नितिन चन्दले निर्देशन गरेको १६ औं शताब्दीको सेरोफेरोमा आधारित गीतमा नेपाली कलाकार आरआर खड्का र आँचल शर्माको मुख्य भूमिका रहेको गीतको भिडियोमा पारस शाह, सोनु मिश्र लगायतका कलाकारहरुले उत्कृष्ट अभिनय गरेका छन् ।
निकै उत्कृष्ट रहेको म्यूजिक भिडियो एउटा सिंगो चलचित्रको प्रतिनिधित्व गरेको छ । ऐतिहासिक पृष्ठभूमिमा आधारित कथाहरू यस गीतको भिडियोमा समावेश गरिएको छ ।
गायक विनीत सिंह र प्रतिक्षा श्रीवास्तवको स्वर र मेहरको संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्माता सतिश शाह र आशुतोष उपाध्याय रहेका छन् । रोमान्टिक गीतको यो भिडियोमा दर्शकले प्राचीन सभ्यता, संस्कृति, तत्कालीन भारतका बादसाहको जीवनशैली, प्रेम, षड्यन्त्र युद्ध, त्यागको ‘दास्ताँ’ कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।
गीतको कोरियोग्राफर सियोन श्रेष्ठ, डीओपी जोगेश गोराई र नवराज हुन् भने गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबार र केही अंश नेपालमा पनि गरिएको छ ।
हेर्नुहोस् भिडियो





प्रतिक्रिया राख्नुहोस्