जापान

जापानी उद्धारकर्ताहरु चिकित्सा सेवा र उद्धार कार्यमा सामेल

विनाशकारी भूकम्पबाट ठूलो क्षति पुगेको टर्कीमा जापानबाट गएका राहत तथा उद्धारकर्मीहरू चिकित्सा सेवा र उद्धार कार्यमा सामेल भएका छन् ।

गैरनाफामुखी संस्था टीएमएटीका तीन सदस्यहरू मंगलबार साँझ टोकियोको हानेडा विमानस्थलबाट टर्कीका लागि निस्किएका थिए । यो अग्रिम टोली प्रभावित क्षेत्रको अवस्था र आवश्यक चिकित्सा सहायताका लागि करिब १० दिन टर्कीमा बस्नेछ।

मंगलबार नै जापान सरकारको आपतकालीन सेवाका ५५ सदस्यीय अर्को टोली टर्की प्रस्थान गरिसकेको छ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।

बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.