जापान
टोकियोमा भारी हिमपातको सम्भावना, शतर्क रहन आग्रह
जापानको मौसम विभागले टोकियो लगायत कान्तो-कोशिन क्षेत्रमा शनिबार भारी हिमपातको सम्भावना रहेको भन्दै शतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
त्यस्तै विभागले अपेक्षित भन्दा बढी हिमपात हुनसक्ने भन्दै सम्भावित अप्ठ्याराहरुका बारेममा अहिले नै सचेत रहन अनुरोध गरेको छ ।
विभागका अधिकारीहरूले सम्भावित हिउँले ढाकिएका सडकहरू र सार्वजनिक यातायातमा अवरोधहरू बारे सचेत हुन आग्रह गरिरहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्