अर्थ
एक सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भने कारोबार मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला रु एक सयले बढेर रु एक लाख ६८ हजार २०० कायम भएको छ ।
छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९६० तोकिएको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु २५ घटेको हो ।
प्रतिक्रिया राख्नुहोस्