फूटबल

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

२५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ ।

बुढासुब्बा गोल्डकप

शनिबार धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको होे ।

खेलको २४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा एनआरटी क्लबका हेनरी पोकुले गोल गर्न सफल भएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८औँ मिनेटमा एनआरटीका हेनरी पोकुले एक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए भने यही गोल निर्णायक बन्यो ।

उपाधिसँगै एनआरटी क्लबले नगद रु १० लाख र उपविजेता चर्च ब्वाइजले नगद रु पाँच लाख प्राप्त गरेको छ । शनिबारको खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका हेनरी पोको घोषित भए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.