विश्व समाचार

४० प्रतिशतलाई अस्पतालभित्रै कोरोना संक्रमण भएको चिकित्सकहरुको दावी

चीनका वुहानमा फैलिएको कोरोना भाइरस संक्रमणले महामारीका रुप लिइरहेका बेला त्यहाँका चिकित्सकहरुको एक टोलीले अस्पताल आएका कोरोना भाइरस संक्रमितहरुमध्ये ४० प्रतिशत अस्पतालमै संक्रमित भएको आशंका गरेका छन् ।

वुहान विश्वविद्यालय अस्पतालममा कार्यरतत टोलीले आफूहरुको अनुसन्धान शुक्रबार अमेरिकन मेडिकल एसोसिएशनमा सार्वजनिक गर्दै सो आशंका जनाएका हुन् ।

अध्ययन अनुसार जनवरी १ देखि २८ को बीचमा अस्पतालमा १ सय ३८ जना संक्रमित भएकको पुष्टि गरिएको थियो । यीमध्ये ४१ प्रतिशत अर्थात् ५७ जना चिकित्साकर्मी तथा अन्य कारणबाट अस्पतालमा भर्ना भएका थिए ।

अध्ययनमा के आशंका गरिएको छ भने शल्यक्रिया विभागमा एक संक्रमितले १० जनाभन्दा बढी चिकित्सकलाई संक्रमित गरेका थिए । बिरामीमा उच्च ज्वरो र थकानको अवस्था थियो । अनुसन्धानले के निष्कर्ष निकालेको छ भने कोरोना भाइरसको असामान्य लक्ष्यण भएका बिरामी पत्ता लगाउन कठिन छ । यो भाइरसको मानिसबाट मानिसमा तीब्रगतिमा सर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.