जन सरोकार

सेतीको खोचमा अडकिएको कुकुर बचाउन खोज्दा आफैं अडकिएपछि

पोखरा स्थित रहेको सेती नदीको खोचमा अडकिएका एकजनालाई यही माघ २७ गते नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ ।



पोखरा महानगरपालिका वडा नं ९ पार्वती टोलस्थित रहेको सेती नदीको खोचमा आफ्नो कुकुर अडकिएपछि उक्त कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भई हाल सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।

खोचमा खसेका गुरुङलाई स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो ।

प्रहरीले निज गुरुङलाई उक्त खोचमा अडकिए अवस्थामा देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो । उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको छ ।

सम्बन्धित खबर

Back to top button