जापान

फेब्रुअरी २३ मा नेवाः अन्तराष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन

जापानमा क्रियाशील नेवारहरूको संस्था नेवाः अन्तराष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन फेब्रुअरी २३ तारिक आइतवार हुनेभएको छ । सिनओकुबो स्थित नेपाली मुरा हल, सोलमरीमा दिउँसो २ बजेबाट अधिवेशन सुरु हुनेछ ।

सन् २००३ मा जापानमा बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला संस्कृतिलाई मनाउने उद्देश्य लिएर यस संस्थाको स्थापना भएको थियो । आफ्नो स्थापनाकालदेखि नै नेवारहरुको मौलिक चाड म्हँ पुजा, योमरी पुन्ही, बुद्ध जयन्ती, क्वाटी पुन्ही, दशैं जस्ता पर्वहरुमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । यस बाहेक नेवारी परम्परामा गरिने छोरीहरूको बेल विवाह (ईही) पनि गर्ने गरेको छ।

त्यसै गरी संस्थाले सामाजिक कार्यलाई पनि निरन्तरता दिइरहेको छ । आर्थिक रूपमा कमजोर नेवार परिवारको बालबालिकाको लागि हरेक महिना झण्डै १००० रूपैयाको दरले दश कक्षासम्म सहयोग गर्ने उद्देश्यले अक्षयकोष नै बनाएर आर्थिक सहयोग गर्दैछ । हाल दुई बालक र दुई बालिका गरी चार जानालाई आर्थिक सहयोग उपलब्ध गराउँदैछ र भविष्यमा बालबालिका बढाउदै लग्ने योजना पनि रहेको छ ।

संस्थाको अध्यक्ष दीपरत्न शाक्यले हाम्रो कला, संस्कृति र परम्परा मनाउने र जगेर्णा गर्ने कर्तव्य हाम्रो आफ्नै हो , त्यसैले पनि जापान जस्तो व्यस्त शहरमा रहेर वर्षै भरी विभिन्न कार्यक्रमको आयोजना गर्ने बताउनुभयो भने महासचिव शिव तण्डुकारले देशमा रहेर पनि आफ्नो कला संस्कृतिको जगेर्णा गर्ने र आफ्नो सन्तती लगायत अन्य समुदयाको व्यक्ति तथा जापानिजहरूलाई पनि सिकाउदै र चिनाउदै लग्ने प्रमुख उद्दश्य यस संस्थाको रहेको प्रस्ट पार्नुभयो ।

त्यस्तै पूर्व अध्यक्ष विगेन्द्रमान सिंह प्रधानले आफ्नो कला, संस्कृति र परम्परा बिर्सनु भनेको आफ्नो पहिचान मेट्दै लग्नु हो, बिदेशमा भए पनि यसलाई बिर्सन नहुने र सकेसम्म संस्थाले आयोजना गरेको नेवारी कार्यक्रममा सहभागी भईदिनु भएमा आयोजक संस्था पनि उत्साहित हुने बताउनुभयो ।

उपाध्यक्ष बालकृष्ण डंगोलले जापानमा नेवारहरूको सक्रिय संस्था पनि छ भन्ने कुरा पछिल्लो समय जापान आउनुभएको भाईबहिनीहरूलाई जानकारी नहुनसक्छ । यस समाचारलाई आधार मानी जापानमा बसोवास गर्नुहुने सबै नेवार दाजुभाई दिदीबिहिनीलाई अधिवेशनमा सहभागी भैदिन अनुरोध गर्नुभएको छ ।

त्यसतै कोषाध्यक्ष रवि श्रेष्ठ संस्थाको अधिवेशन सकिएपछि नेवारी भोजको पनि आयोजना गरिने र सबै नेवारहरूको उत्साहजनक सहभागितका लागि निमन्त्रणा गर्नुका साथै भोजको तयारीको लागि नाम टिपाउन हुन अनुरोध गर्नुभएको छ । उहाँले सहभागिता जनाउन चाहने महानुभावले ०८०-६५५५-६६६७ / ०७०-१२११-१५०२ / ०९०-३९६०-७०५९ / ०८०-७९६५-३३११ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.