राजनीति

स्वास्थ्य परीक्षणका लागि नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता खनाल दिल्ली प्रस्थान

नियमित स्वास्थ्य परीक्षणका क्रममा नेकपा प्रचण्डनेपाल समूहका वरिष्ठ नेता तथा झलनाथ खनाल भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

खनालको सचिवालयले उहाँ स्वास्थ्य जाँचका लागि दिल्ली गएको र स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम रहेको जनाएको छ ।

खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ । केही महिना अगाडि उहाँ उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत उहाँ दिल्ली जानुभएको हो । दिल्लीमा रहँदा राजनीतिक भेटघाट हुने नहुने केही बताइएको छैन ।

सम्बन्धित खबर

Back to top button