जन सरोकार

भारतीय बालुवा तस्करद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण, दुईजना घाइते

भारतीय बालुवा तस्करहरुको आक्रमणबाट घाइते सशस्त्र प्रहरी

पर्साको ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेका भारतीय तस्करलाई नियन्त्रण गर्न जाने क्रममा भारतको गदियानी भंगाहाका स्थानीय बालुवा तस्कहरुरले घरेलु हतियारबाट आक्रमण गर्दा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

ओरिया खोलाको नेपाली भूमि भए पनि भारतीय पक्षले आफ्नो दाबी गर्दै आएको छ । साथै उक्त क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ ।

समाचार अनुसार पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा झडप भएका हो ।

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको सयुँक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतीयले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.