कला/मनोरन्जनकलिउड

१० देशका कलाकार बागलुङ आउँदै

बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ ।

१० देशका कलाकार बागलुङ आउँदै

महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट २५ भन्दाबढी विदेशी कलाकार बागलुङ आउन थालेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङका प्रमुख अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिनुभयो । कलाकारसँगै रसियन आर्मी अफिसर प्रोफेसर डाक्टर इगोर ओभलोङकोभ पनि आउनुहुनेछ ।

उहाँले महाशिवरात्री नेपाली हिन्दूहरुको ठूलो पर्वका रुपमा रहेको भन्दै यसको महत्व, मौलिकतालाई जोगाउन र विदेशमा पनि बढी प्रचार गर्न विदेशी कलाकारलाई बागलुङ ल्याउन लागेको बताउनुभयो ।

कला, संस्कृति तथा धार्मिक परम्परालाई संरक्षण गरी प्रवद्र्धन गर्न सङ्घले धार्मिक कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । “महाशिवरात्रीले ठूलो महत्व बोकेको छ, हाम्रा धर्म, संस्कृति र परम्परा संरक्षणको अभावमा छन्, यिनीहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके नेपालमा लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छन्, सोही उद्देश्यले हामीले शिवरात्रीमा सानो कार्यक्रम गरेर प्रवद्र्धनमा टेवा पु-याउने कोशिस गरेका छौँ”, उहाँले भन्नुभयो । सोही दिन स्थानीय कलाकारले पनि धार्मिक सांस्कृतिक नृत्य तथा अन्य अभिनय प्रदर्शन गर्ने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.