जन सरोकार
भारतमा नेपाली युवकको गोली प्रहार गरी हत्या
भारतमा एक नेपाली युवकको गोली प्रहार गरी हत्या भएको छ । समाचार अनुसार सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।

कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी यादवको हत्या गरेको हो । यादव बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका थिए । ग्यारेजको कामको सिलसिलामा यादवसँगै ग्यारेज धनी सत्येन्द्र यादव पनि सँगै थिए ।
घटनाका सम्बन्धमा भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस भइरहेको सप्तरीका एसपी कृष्ण प्रसाईले बताउनु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्