कला/मनोरन्जनकलिउड

विद्यार्थीहरुलाई गुरुआमाको प्रेरणादायी शुभकामना गीत (भिडियोसहित)

“अघि बढदै जाउँ, जटिलता भोग्नुपरे गुरुजनको हात समाउ..” एउटा शिक्षिकाले आफ्ना विद्यार्थीहरुलाई दिने सबभन्दा आशीर्वाद र शुभकामना योभन्दा ठूलो केही हुँदैन ।

आफ्ना विद्यार्थीहरुले उन्नति गरेकोमा सबभन्दा बढी खुसी पनि शिक्षक-शिक्षिका नै हुन्छन् । यस्तै जीवनको दोस्रो चरण पार गर्न अवस्थामा पुगेका विद्यार्थीहरुलाई सम्बोधन गरेर जीवनोपयोगी मार्गदर्शनसहितको गीत सार्वजनिक भएको छ।

आजीवन शिक्षासेवामा समर्पित अरुणोदय माध्यमिक विद्यालय आरुबारीकी शिक्षिका रीता रायमाझीले हालै मात्र आफ्ना विद्यार्थीहरुलाई शुभकामना र ऊर्जाले भरिएका शब्दहरुलाई सांगीतिक कोशोलीका रुपमा सार्वजनिक गर्नुभएको हो ।

“शुभकामना तिमीहरुमा” शीर्षक दिइएको यो गीतको स्वर, शब्द, संगीत रीता रायमाझी स्वयंको रहेको छ भने संगीत संयोजक सम्राट थापाको रहेको छ ।

त्यस्तै गीतको भिडियोको छायांकन, संपादन र निर्देशन मुकेश भट्टाराई सोपानले गर्नुभएको छ । धार्मिक अभियानमा सक्रिय रायमाझीको यसअघि नै उत्प्रेरणामय थुप्रै भजनहरु सार्वजनिक भैसकेका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.