राष्ट्रियसभा सदस्य उपाध्यायको निधनका कारण प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा गर्ने सम्बोधन स्थगित भएको छ । सरकारले २ वर्ष पूरा गरेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूचि रहे पनि राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यायको निधनबारे जानकारी गराएपछि प्रतिनिधि सभामा आजका लागि तय गरिएको कार्यसुची सारिएको हो । प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) बिहान ११ बजेका लागि बोलाइएको छ । सोही बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्