साहित्य

डा. ज्ञवालीको पुस्तक अमोहा बजारमा

जापानमा बसोबास गर्ने डा बिजय ज्ञवालीको पुस्तक अमोहा बजारमा आएको छ । सांग्रीला बुक्स मार्फत प्रकाशन गरिएको पुस्तक गैरआख्यान निबन्ध बिधा भए पनि यसमा निबन्धात्मक कृति हो ।

आफ्नी छोरी अमोहाको जन्मपश्चात् एक वर्षभित्र लेखकले छोरीलाई सम्बोधन गरी लेखेका पत्रहरूमध्ये छानिएका पत्र समेटेर यो पुस्तक तयार पारिएको हो । सरल र सरस भाषामा लेखिएको यो पुस्तकमा व्यक्त अभिव्यक्तिले अस्थिर मनोविज्ञानलाई शान्त पार्न सहयोग गर्छ । यसमा प्रत्युक्त अभिव्यक्ति सामान्य भएरै गहन लाग्छन् ।

पुस्तकमा लेखकले बिभिन्न प्रसँग मार्फत जिबन र यो संसार सित साक्ष्यतकार गराउने प्रयास गरेका छन् । पुस्तक नेपालीका प्रमुख पुस्तक पसलमा उपलब्ध छ । जापानमा सिमित प्रती उपलब्ध हुने लेखकले बताएका छन् ।

सम्बन्धित खबर

Back to top button