राजनीति

महाभियोग चुनाव सार्ने षडयन्त्र : ओली

एमाले सांसदहरुको सुझाव एमसीसी र चोलेन्द्र शमशेर बोकेर चुनावमा जान सकिंदैन

पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले सत्ता गठबन्धन निर्वाचन नगराउने षड्यन्त्रमा लागेको बताउनुभएको छ ।

सोमबार विहानबाट सुरु भएको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव गलत भएको बताउँदै सो आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो ‘यो सबै (महाअभियोग) गलत छ । सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरेको थियो तर त्यसको एक सातापछि यस्तो काम (महाअभियो) गर्‍यो ।

बैठकमा सांसदहरुले महाभियोग लागेका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र एमसीसीलाई बोकेर स्थानीय तहको चुनावमा जान नसकिने सुझाव दिएका छन् ।

बैठकमा सांसद घनश्याम भुसालले महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई बोकेर चुनावमा जान नसकिने बताएका थिए । साथै यी दुई मुद्दा बोकेर चुनावमा जानु राजनीतिक रुपमा गम्भीर गल्ती हुने बताउनुभएको छ ।

प्रतिउत्तरमा अध्यक्ष ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोचविचार गर्दै उत्तेजित नभइकन वस्ुगत भएर सोच्ने र छलफल गरेर निर्णय लिने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.