राजनीति

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको निर्वाचन दलगत नभएर राष्ट्रिय सहमतिको आधारमा हुने प्रष्ट पार्नुभयो । मन्त्री किरातीले भन्नुभयो, “संविधानको भावनाअनुसार जुन व्यक्तिको नाममा राष्ट्रिय सहमति हन्छ उहाँ आगामी राष्ट्रपति हुनुहुनेछ ।” उहाँले राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतीक भएको हुँदा सहमतिकै आधारमा सबैले स्वीकार्य व्यक्ति राष्ट्रपति हुनु पर्नेमा जोड दिनुभयो ।

नेपाल वायुसेवा निगमकका जहाज १५ घण्टाभन्दा बढी प्रत्येक दिन सञ्चालन हुनुपर्छ र संस्थान नाफामा जानुपर्छ भन्दै ऋणमा डुबेको टुलुटुलु हेरेर कुर्सीमा नबस्ने उहाँले बताउनुभयो । वर्तमान सरकार निरन्तररूपमा सञ्चालन हुने हुनाले त्यसमा कुनै शङ्का नगर्न आग्रह गर्दै उहाँले मन्त्रालयअन्तर्गत काम गर्दा अप्ठ्यारो र असहज स्वाभाविक भए पनि असम्भव नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.