जन सरोकार

बाघको छालासहित दुई पक्राउ

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बाघको छाला

पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरूको साथबाट एक थान पुच्छरसम्मको तीन फिट लम्बाइ र पाँच इन्च चौडाइ भएको बाघको छाला बरामद गरी नियन्त्रणमा लिइएको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.