आईसीसी विश्वकप लिग डिभिजन-२ अन्तर्गत काठमाडौंमा सुरु भएको नेपाल, नामिबिया र स्कटयाण्ड सम्मिलित त्रिकोणात्मक शृङ्खला अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलममा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८५ रन बनाएको हो ।
पूरा ओभर खेलेको नामिबियाका माइकल भानले १३३ रनको शानदार पारी खेल्दै शतक बनाए भने कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे ।
बलिङतर्फ नेपालका करण केसी एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका केसीले १ मेडन राख्दै ६१ रन दिएर सर्वाधिक विकेट लिएका हुन् ।
नेपालका लागि सन्दीप लामिछनेले ३ विकेट लिए भने कुशल मल्ल र सोमपाल कामीले समान ११ विकेट लिए । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।





प्रतिक्रिया राख्नुहोस्