काठमाडौंमा मंगलबारदेखि सुरु भएको आईसीसी विश्वकप लिग-२ मा नेपालले नामिबियाबिरुद्ध ऐतिहासिक जित निकालेको छ । नामिबियाले दिएको २८६ रनको विशाल लक्ष्य लछ्याउँदै नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नामिबिया बिरुद्ध नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्यमाथि विजय हात पारेको हो । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो ।
नेपाललाई जित दिलाउने क्रममा कुशल भुर्तेलको पहिलो एकदिवसीय शतक बनाए । त्यस्तै उपकप्तान रोहित पौडेल अद्र्धशतक बनाए । कुशल ११५ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेलले ७२ रन बनाए ।
लिग टु क्रिकेटमा नेपालले नामिबियालाई हराएको यो पहिलो पटक हो भने नेपाली खेलाडीले बनाएको शतक पनि पहिलो हो । भुर्तेलले ११३ बलमा खेल्दै १० चौका र ४ छक्का प्रहार गरेको थिए ।
नेपालका लागि सन्दीप जोराले आक्रामक २८ रन बनाए भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा बनाए । करन केसीले २० रन बनाएको नेपालको पारीमा सुरुवात ब्यटस्म्यान आरिफ शेख शून्यमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी ७ र कुशल मल्ल ६ रन र सन्दीप लामिछाने शून्यमा आउट भए ।





प्रतिक्रिया राख्नुहोस्